कुशल व्यवसाय परामर्श तालिम केन्द्रद्वारा मुसहर बस्तिमा सहयोग

साझेदारी दैनिक
229 पाठक संख्या

कुशल व्यवसाय परामर्श तालिम केन्द्र प्रालि निजगढले रौतहट स्थित मुसहर बस्तिका नागरिकहरुलाई कपडा वितरण गरेकोछ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित मुसहर बस्तिका विपन्न घरपरिवारलाई कपडा वितरण गरेको हो ।

कुशलका कार्यकारी निर्देशक सरोज कोइराला सहितको समुहले ९३ जना बालबालिका,११ जना सुत्केरी महिला र अन्य ९७ जनालाई ३ सय ७८ थान कपडा वितरण गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै बिजया दशमिको अवसरमा विपन्न नागरिकहरुलाई नयाँ कपडा वितरण गरेको कुशलका कार्यकारी निर्देशक कोइरालाले बताएका छन । दशैको समयमा नयाँ कपडा पाएपछी मुसहर बस्तिका स्थानियले खुशियाली मनाएका थिए ।

मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल माझी र स्थानिय सामाजिक अगुवाहरुको रोहवरमा गरिएको कपडा वितरण कार्यक्रममा कुशलकी कार्यक्रम संयोजक अनिता घिमिरे,डाटाबेस अफिसर मिना लोहनि लगायतको सहभागिता रहेको थियो ।

कुशल व्यवसाय परामर्श तालिम केन्द्रले बिगत १६ वर्षदेखि उद्यमशिलता बिकास र तालिम सीप बिकास तालिम मार्फत रोजगारी सृजनाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकोछ ।

कुशलले विगत लामो समयदेखि बालबालिका संरक्षण,वृद्ध आश्रम,मानव सेवा लगायत सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै आइरहेको छ ।

Leave a review