एसईईमा उत्कृष्ट स्थान हासिल गर्ने श्री ३ चन्द्र उच्च माविका विद्यार्थिहरु सम्मानित

साझेदारी दैनिक
425 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका १ स्थित श्री ३ चन्द्र उच्च माविका विद्यार्थिहरुलाई विद्यालयले सोमबार प्रमाणपत्रका साथ सम्मानित गरेको छ ।

सो विद्यालयले एक कार्यक्रमका विच २०८०को एसईईमा सामुदायिक विद्यालय तर्फ पहिलो स्थान आउने तथा जिल्लाको सम्पूर्ण विद्यालयमा दोस्रो स्थान आउने महेशकुमार गुप्तालाई सम्मान गरेको छ ।

यस्तै छात्रा तर्फ विद्यालयबाट उत्कृष्ट स्थान हासिल गर्ने चाँदनीशर्मा लोहारलाई एक कार्यक्रमवीच सम्मान गरिएको हो । छात्र तर्फ यस विद्यालयबाट एसईईमा उत्कृष्ट स्थान हासिल गर्ने गुप्ता आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ४ ईनर्वाका हुन् ।

चाँदनी बारा कलैया उपमहानगरपालिका वडा नम्बर ६ लहेरा टोला निवासी हुन् । कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका उपमहानगर प्रमुख विनोदप्रसाद साहले शिक्षालाई प्राथमिकतामा राखि आफु अगाडी बढेको जनाए ।

उनले शिक्षा क्षेत्रलाई अगाडी बढाउन शिक्षकले मेहनतका साथ आफ्नो कर्तव्यपालन गर्नुपर्ने जनाए । मानव जीवनमा शिक्षाको महत्वपूर्ण स्थान रहेको उनले प्रष्टाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिओमसाह सोनारको अध्यक्षतामा सो कार्यक्रम भएको हो । सो कार्यक्रमममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्रीले शिक्षा नै विकासको मूल आधार रहेको जनाए । उनले शिक्षालाई ध्यान दिन आवश्यक रहेको जनाए ।

सो कार्यक्रमको सञ्चालन अवधेश सिंहको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार गिरी,विद्यालय व्यवस्थापन समिति सदस्य पवनकुमार सर्राफ,रामाशिष साह कानु, विद्यालयका शिक्षक एवम् विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विद्यालयबाट एसइइमा ए प्लस ल्याउने विद्यार्थि तथा उत्कृष्टता हासिल गर्ने विद्यार्थि लगायतकालाई प्रमाणपत्र प्रदान गरिएको हो । श्री ३ चन्द्र मा.वि कलैयाका २ सय २१ जना बिधार्थी एसइइ परीक्षामा सहभागि भएका हुन् । जस मध्ये ८७ जना उत्तिर्ण भएका हुन् ।

Leave a review