पञ्चमी दूध उत्पादन सहकारीलाई दूधजन्य पदार्थ उत्पादनका सामग्री हस्तान्तरण

साझेदारी डेलि
98 पाठक संख्या

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को वडा स्थानीय योजना अन्तर्गत श्री पञ्चमी दूध उत्पादन सहकारी संस्था लि., रामनगरलाई दूधजन्य पदार्थ उत्पादन तथा प्रशोधनका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

वडाको रु. ७ लाख बजेटबाट खरिद गरिएका खुवा बनाउने मेसिन १ थान, क्रिम सेपरेटर १ थान, पनिर बनाउने डाइ २ थान र मिल्क क्यान ४ थान सहकारीलाई प्रदान गरिएको हो। वडा अध्यक्ष भीमबहादुर गंगतानले सहकारी संस्थाका अध्यक्ष चुडाहरी अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

सामग्री हस्तान्तरणपछि सहकारीका अध्यक्ष अधिकारीले प्राप्त उपकरणको प्रयोगबाट सहकारीमार्फत खुवा, पनिरलगायत विभिन्न दूधजन्य पदार्थ उत्पादन तथा प्रशोधन गर्न सहज हुने बताउनुभयो।

उहाँले उपकरणले दूधको विविधीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र दुग्ध उत्पादक किसानको आयआर्जनमा समेत सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

वडा कार्यालयले स्थानीय किसान तथा सहकारीलाई उत्पादन र उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले योजना सञ्चालन गरेको जनाएको छ।

Leave a review

This will close in 0 seconds