कलैया उमनपाका विभिन्न स्थानमा सेनेटाइज गरिदै

साझेदारी दैनिक
साझेदारी दैनिक 319 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह /
कलैया उपमहानगरपालिकाले आज नगरको विभिन्न भागमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन Clorin/bleaching power लगायत Disinfectant छर्ने कार्य गरिरहेको छ।

विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन कलैया नगरको विभिन्न वडाहरुका विभिन्न ठाउँहरु , कलैया बरेवा अस्पताल रोड , लगायतका रोडमा तथा रोडको छेउछाउमा रहेका घर , पसल , पोल , फोहोर , लगायतका वस्तुहरु माथि छर्किएको थियो।

कलैया उपमहानगरपालिकामा रहेको सेफ्टी ट्याङ्कमा पानीको साथ मिलाई विभिन्न भागहरुमा छर्किने कार्य भैरहेको छ।

यसभन्दा अगाडि पनि चैत १५ गतेका दिन पनि नगरका विभिन्न भागहरुमा सेनेटाइज गरिएको थियो। कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण दिनानुदिन बढ्दै गैरहेको कारणले कलैया उमनपाले बेला बेलामा कलैया नगरलाई सेनेटाइज गर्दै आइरहेको छ।

समाचार शेयर गर्नुहोस
Leave a review