बारा । मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको भवनमा बुधबार बेलुकी करिब ८ बजे पुनः वार्ता सुरु भएको छ।
मध्याह्न १२ बजेका लागि तय गरिएको वार्ता गृहमन्त्रीको सिमरा क्षेत्रमा भेटघाट, अनुगमन र पर्सा राष्ट्रिय निकुञ्जभित्रको मन्दिर दर्शनमा व्यस्तताका कारण करिब ८ घण्टा ढिलो उक्त वार्ता सुरु भएको हो।
जनकपुरबाट काठमाडौंतर्फ पैदल न्याय मार्चमा रहेका पीडितहरू सरकारसँग वार्ता गर्न दुई दिनदेखि निजगढमै रोकिएका छन्। मंगलबारको वार्ता निष्कर्षविहीन भएपछि बुधबार पुनः छलफल भएको हो।
पीडितहरूले छ बुँदे माग कार्यान्वयनमा ठोस सहमति भए आन्दोलन अन्त्य गर्ने, अन्यथा काठमाडौंसम्मको पैदल मार्चलाई निरन्तरता दिने अडान लिएका छन्।


