जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्जमा स्थानीय महिलालाई उद्यमी बनाउने उद्देश्यले सञ्चालित उद्यमशीलता विकास तालिम बिहीबार देखि सुरु भएको छ ।
उपमहानगरपालिकाको उद्यम किास शाखाको आयोजनामा आठ दिने उद्यमशिलता बिकास तालिम सुरु भएको उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ दिपनारायण रायले जानकारी दिए ।
उनले तालिममा तीन दिने ब्यवसाय सचेतना तालिम दिइनेछ । चार दिन ब्यवसाय सुरु तालिम दिइनेछ । एक दिन लैङ्गिक सचेतना तथा समाजिक समावेशिकरण तालिम प्रदान गरिने रायले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ मा गरिबी निवारणकोलागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तर्गत सुरु भएको तालिम माघ २४ गते सम्म चल्नेछ । स्थानीय महिला,विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक महिलाहरुको लागि तालिम उपयोगी हुने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले ब्यक्त गरे ।
यस्तो किसिमको तालिम उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनामा फलदायी हुने उनले जनाए । आर्थिक वर्ष २०८०।०८१ मा १५० जना नयाँ उद्यमी सिर्जना गर्न ४ वटा वडा छनौट भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
तालिममा व्यवसायको परिचय,प्रकार,सफल उद्यमीका बिशेषताहरु, ब्यवसाय छनौट,प्रति इकाई उ्पादन लागत, बिक्रि मुल्य निर्धारण,नाफा– नोकसान,लगानीको प्रतिफल र पारबोन्दु बारे जानकारी गराउँने उद्यम बिशेषज्ञ रायल बताए। वडा नं.२१ का वडा अध्यक्ष सुबास श्रेष्ठको अध्यक्षतामा सो तालिमको उद्घाटन भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल रहेका थिए। कार्यक्रममा वडा सदस्य जमुना गौतम, सिता बि.क.,साना किसान कृषि सहकारी संस्था लि.डुमरवाका उपाध्यक्ष सुकुमाया लामा र नगर प्रमुखका स्वकिय सचिव उदय श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ रायले गरेका थिए ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को मेड मोडेलको पहिलो चरण– उद्यम विकासको लागि सामाजिक परिचालनबाट छनौट भएका सम्भाव्य लघु उद्यमीहरुको लागि दोश्रो चरणमा ८ दिने उद्यमशिलता विकास तालिम सुरु भएको हो ।
यस तालिमबाट व्यवसायको परिचय, प्रकार, सफल उद्यमीका बिशेषताहरु,ब्यवसाय छनौट,प्रति इकाई उ्पादन लागत,बिक्रि मुल्य निर्धारण,नाफा– नोकसान,लगानीको प्रतिफल र पारबोन्दु बारे जानकारी गराउनुको साथै ब्यवसाय योजना तयार गरी ब्यवसाय सुरुको लागि तयारी हुनेछ ।
आ.व. २०८०।०८१ मा १५० जना नयाँ उद्यमी सिर्जना गर्ने ४ वटा वडा छनौट भएको छ । वडा नं. २१,३० जना नयाँ उद्यमीहरु छनौट भई तालिम सुरु भएको हो ।

