आज दिउँसो १२ बजे मिटरब्याज पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुने

साझेदारी डेलि
126 पाठक संख्या

बारा । मिटरब्याजविरुद्ध आन्दोलनरत पीडित र गृहमन्त्री सुधन गुरुङबीच बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा आज (बिहीबार) मध्याह्न १२ बजे तेस्रो चरणको वार्ता हुने भएको छ।

मंगलबार करिब पाँच घण्टा र बुधबार करिब पाँच घण्टा चलेको पहिलो तथा दोस्रो चरणको वार्तापछि आजको छलफललाई दुवै पक्षले निर्णायक रूपमा लिएका छन्।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले असार २५ गते जनकपुरस्थित तिरहुतिया गाछीबाट काठमाडौंतर्फ ‘पैदल मार्च’ सुरु गरेका हुन्।

आन्दोलनकारीहरूले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग गृहमन्त्रीसमक्ष राखेका छन्।

Leave a review

This will close in 0 seconds