पर्साको पोखरिया नगरपालिकामा अख्तियारको टोली छानबिनको लागि केही फाईलहरु नियन्त्रणमा

साझेदारी दैनिक
299 पाठक संख्या

पर्साको पोखरिया नगरपालिकामा बिहीबार अख्तियारको टोलीले छापा मारेर फाईल नियन्त्रणमा लिएको छ ।

नगरपालिकामा दिउँसो पुगेको टोलीले अख्तियारमा परेको मुद्दाका सबन्धमा बिभिन्न फाईलहरु अध्यन गरेको थियो ।

सोही क्रममा समाजिक सुरक्षा भता सम्बन्धि, अपाँगता भएका ब्यक्तिको लागि बनाइएको निर्णय बुक,ढडा तथा फाईल नियन्त्रणमा लिएको गएको छ ।

टोलीले नगरपालिकाकी उपप्रमुख रुबी ठाकुरको कार्यकक्षबाट फाईलहरु नियन्त्रणमा लिएको थियो ।

अख्तियारको केन्द्रिय कार्यालयको टोली नगरपालिकामा पुगेको भन्ने जानकारी आफुले पाएको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडाका सुचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी दिए ।

Leave a review