पर्सा । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी पर्साको ठोरी गाउँपालिका–४ निवासी २४ वर्षीय निकेश श्रेष्ठलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको हो।
पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार श्रेष्ठ नख्खु कारागार कार्यालय, काठमाडौंबाट फरार भएपछि आफ्नै घरमा लुकीछिपी बस्दै आएका थिए।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालय पठाउने प्रक्रिया भइरहेको प्रवक्ता मल्लले जानकारी दिएका छन् ।


