यामाहाको जीतपुरमा माइलेज च्यालेन्ज कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
863 पाठक संख्या

रञ्जन यादव
यामाहाले बाराको जीतपुरमा शनिवार माइलेज च्यालेन्ज कार्यक्रम आयोजना गरेको छ ।
यामाहाको मोटरसाईकल र स्कुटीको आधिकारीक बिक्रेता सिमा ईन्टरप्राईजेजको आयोजनामा सुरु भएको माइलेज च्यालेन्ज बाराको पथलैया ,नितनपुर र पर्साको बडनिहार हुँदै मिलनचोकमा आएर समापन भएको थियो ।
यामाहा माइलेज च्यालेन्जमा यामाहाका सलुटो मोटरसाईकल १२५ सि.सि.का ग्राहकले सहभागिता जनाएका थिए । यस माइलेज च्यालेन्ज कार्यक्रममा २० जना सलुटो १२५ सि.सि. मोटरसाईकलका ग्राहकहरुको सहभागिता रहेको सिमा ईन्टरप्राईजेजका ब्यवस्थापक अफताब अंसारीले जानकारी दिए ।
सिमा ईन्टरप्राईजेजका सञ्चालक सुनिल गुप्ता र यमाहाको क्षेत्रीय सेल्स ईन्जिनीयर दिपेन्द्र यादवले यमाहा माईलेज चाईलेन्जको झन्डा देखाएर कार्यक्रमको सुरुवात गरेका थिए । कम्पनीले यामाहाको सलुटो मोटरसाईकलमा ७८ किलोमिटर माइलेज दावी रहेको छ ।
कम्पनीका अनुसार उक्त माइलेज च्यालेन्जमा करिब ६५ देखि ९० किलोमिटर पाईएको थियो । सलुटो यमाहा च्यालेन्जमा प्रथम हुने किसोरी महत्तोले ८९.७५ , दोस्रो हुने दिल बहादुर श्रेष्ठले ८८.५३ र तेस्रो हुने प्रधुमन कुमारले ८२ किलोमिटर पाईएको छ । सलुटो च्यालेन्ज प्रतियोगितामा ३७ कि.मि.को यात्रा तय गरिएको थियो ।यामाहाले देशभर नै यसरी माइलेज च्यालेन्ज कार्यक्रम गर्दै आएको छ ।
यसलाई अझै निरन्तरता दिने कम्पनीले बताएको छ भने यस्तो कार्यक्रमले ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्ने र ब्रान्ड प्रति विश्वास बढ्ने कम्पनीका क्षेत्रीय बजार ब्यवस्थापक बिकासकुमार बताएका छन ।

Leave a review

This will close in 0 seconds