गरिमा चौधरी हत्या प्रकरण : संवेदनशील बयानको भिडियो सार्वजनिक गर्ने आरोपमा प्रहरी हवल्दार पक्राउ

साझेदारी डेलि
350 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा-१ दुसधराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाका आरोपितको संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

अनुसन्धानका क्रममा अस्पतालको ओसीएमसी कक्षमा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन थालेको थियो। छानबिनका क्रममा भिडियो सार्वजनिक गर्न प्रहरीकै कर्मचारी संलग्न रहेको खुलेपछि बारा प्रहरीले आफ्नै मातहतमा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो।

संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको गोपनीयता र संवेदनशील घटनालाई लिएर प्रहरी प्रशासनमाथि प्रश्न उठेको थियो।

प्रहरीले हवल्दार विकमाथि आन्तरिक छानबिनसँगै आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

Leave a review