बाराका सिडिओ मिश्रको सरुवा, अधिकारी आउँदै

साझेदारी डेलि
443 पाठक संख्या

बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ।

गृह मन्त्रालयले मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको हो। उनको स्थानमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी बाराको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउने भएका छन्।

गृह मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।

मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेको जनाएको छ।

Leave a review