इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कडेलको सरुवा

साझेदारी डेलि
64 पाठक संख्या

बारा । इलाका प्रशासन कार्यालय सिमराका प्रमुख एवम् गुनासो सुन्ने अधिकारी राजेन्द्र प्रसाद कडेलको सरुवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएको हो।

कडेल २०८२ भदौ १७ गते इलाका प्रशासन कार्यालय सिमराको प्रमुखका रूपमा हाजिर भएका थिए। उनको स्थानमा गृह मन्त्रालयअन्तर्गत कार्यरत उपसचिव गणेश नेपाली आउने भएका छन् ।

गृह मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसहित ३२ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले असोज १५ र २३ गतेका निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो।

Leave a review