किसानका कृषि मिटरको विद्युत महसुल तिर्‍यो गरुडाले

साझेदारी दैनिक
410 पाठक संख्या

रौतहट । रौतहटको गरुडा नगरपालिकाले नगरका किसानका कृषि विद्युत महसुल भुक्तान गरिदिएको छ।

सिचाइका लागी प्रयोग गर्दै आएको वडा नम्बर १ देखि ८ सम्मका कृषकद्वारा सिँचाइका लागि जडान गरिएका कृषि मिटरको विद्युत महसुल गरुडाले भुक्तान गरेको हो।

उसले १० लाख ३२ हजार ४७९ रुपैयाँको चेक नेपाल विद्युत प्राधिकरण गौर शाखामा गएको सोमवार नै हस्तान्तरण गरेको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले साझेदारी दैनिकलाई बताए।

सोही क्रममा विहिबार पुनः सोही नगरको वडा नं. ९,रघुनाथपुर क्षेत्रका कृषकहरूका लागि बाँकी रहेको विद्युत बिल भुक्तान गरिएको छ।

नगरपालिकाले नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवलाई चेक हस्तान्तरण गरी भुक्तान गरेको हो।

पालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रस्तुत गरिएको प्रतिबद्धता अनुसार कृषि मिटरको विद्युत महसुल भुक्तान गरिएको हो।

जिल्लाको मौलापुर र फतुवा विजयपुर नगरपालिकाले नगरवासीको घरायसी र कृषि प्रयोजनका लागि उठ्ने सम्पूर्ण विद्युत महसुल भुक्तानी गर्दै आएका छन्।

Leave a review

This will close in 0 seconds