“चिया महोत्सव” विद्यार्थीहरूले बेचे सिमरा चोकमा चिया

रञ्जन यादव
221 पाठक संख्या

बाराको सिमरा स्थित न्यु एकता स्कुलका विद्यार्थीहरूले शनिवार “चिया महोत्सव“ आयोजना गरेको छ ।

बिद्यालयले उनीहरूलाई अर्थतन्त्र,लेखा र व्यापारमा ज्ञान बोधिहरू सिकाएको जनाएको छ । महोत्सवमा बिद्यार्थीहरुले ५ हजार ७ सय ५० रुपैयाको चिया बिक्री गरेका थिए भने २ हजार ८ सय ५० रुपैयाँ नाफा कमाएका थिए ।

बिद्यार्थीहरुको लगानी भने २ हजार ९ सय रुपैया रहेको थियो ।यी आर्थिक लाभहरूलाई वित्त प्रबन्धन,लाभ–हानि अनुसन्धान र खाता–सन्तुलन बुझाउनको लागि लक्षित गरिएको बिद्यालयका सञ्चालक दिवस न्यौपानेले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds