कोल्हबी बजारमा खुल्यो भावना ट्रेडर्सको इलेक्ट्रिक स्कुटर तथा साइकल शोरुम

साझेदारी डेलि
102 पाठक संख्या

कोल्हबी । धिरेन्द्र पनुहर/ बाराको कोल्हबी बजारमा इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक साइकल तथा लोडर बिक्री गर्ने उद्देश्यले भावना ट्रेडर्स सञ्चालनमा आएको छ। आइतबार घटस्थापनाको दिन शोरुमको उद्घाटन गरिएको हो। स्थानीय बजारमै विद्युतीय सवारीसाधन उपलब्ध हुन थालेपछि कोल्हबी तथा आसपासका क्षेत्रका उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ।

भावना ट्रेडर्सका सञ्चालक मन्तोष कुशवाहाका अनुसार शोरुममा मुस्कान कम्पनीका विभिन्न उत्पादन उपलब्ध छन्। ग्राहकले यहाँबाट इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक साइकल तथा लोडरलगायतका विद्युतीय सवारीसाधन खरिद गर्न सक्नेछन्।

यसअघि इलेक्ट्रिक स्कुटर तथा साइकल खरिद गर्न कलैया वा वीरगन्ज पुग्नुपर्ने बाध्यता रहेकामा अब कोल्हबी बजारमै ती सवारीसाधन उपलब्ध हुने भएपछि स्थानीय उपभोक्ताको समय र यात्रामा लाग्ने खर्च बचत हुने विश्वास गरिएको छ।

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भावना ट्रेडर्सले ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ। सञ्चालक कुशवाहाका अनुसार पर्वको अवसरमा इलेक्ट्रिक स्कुटर तथा अन्य सवारीसाधन खरिद गर्दा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म छुट उपलब्ध गराइनेछ। साथै, स्कुटर खरिद गर्ने ग्राहकलाई हेल्मेट निःशुल्क प्रदान गरिनेछ।

स्थानीय बजारमै इलेक्ट्रिक स्कुटर, साइकल तथा लोडर खरिद गर्न पाउने भएपछि कोल्हबी तथा आसपासका उपभोक्तालाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। शोरुम सञ्चालनमा आएसँगै स्थानीय व्यापार व्यवसायको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

सञ्चालक कुशवाहाले कोल्हबी नगरपालिकासहित आसपासका क्षेत्रका उपभोक्तालाई भावना ट्रेडर्समा आएर सेवा लिन आग्रह गरेका छन्। उनले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

भावना ट्रेडर्स सञ्चालनमा आएसँगै कोल्हबी बजारमा विद्युतीय सवारीसाधनको खरिद–बिक्री तथा प्रयोगलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

Leave a review