रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का ४१ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ । उपमहानगरपालिकाको वडा नंंं.८ मा बसोबास भएको र बिभिन्न बिद्यालयको कक्षा ८, ९ र १० मा पढ्ने छात्राहरुलाई साईकल बितरण गरिएको वडा अध्यक्ष रामबाबु पटेलले जानकारी दिएका छन । छात्राहरुलाई पढाईप्रती आकर्षित गर्न र आवत जावत गर्न सहज होस भन्ने हेतुले साईकल बितरण गरिएको वडा अध्यक्ष पटेलले बताए ।
वडाले कक्षा ८ को १६ जना, कक्षा ९ का १५ जना र कक्षा १० का १० जना छात्राहरुलाई साईकल बितरण गरिएको वडा सदस्य तरुण सहनीले जानकारी दिनुभयो । वडाले साईकल खरिद गर्न वडा स्तरीय बजेटबाट आर्थिक बर्ष २०७६।०७७ मा तीन लाख रुपैया बजेट छुट्याईएको थियो ।
साईकल बितरण कार्यक्रममा वडा सदस्य सबितादेबी पासवान, सितादेबी थरुनी, कार्यालय सहायक सन्देश सिँह, समाजसेवी रामेश्वर कुश्वाहा ,शिक्षक रामजि कुश्वाहा ,बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष द्रियोधन राम लगायतको सहभागिता रहेको थियो ।