जीतपुुरमा दश लाखको लागतमा नाला निर्माणको कार्य सुुरु

साझेदारी दैनिक
791 पाठक संख्या

रञ्जन यादब/
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुुरमा दश लाखको लागतमा नाला निर्माणको कार्य सुुरु भएको छ । शान्ति टोलमा भईरहेको नाला निर्माण कार्यको शिलान्यास दलित महिला वडा सदस्य ज्ञानी पासवानले गर्नुुभएको छ ।

हिन्दुु धार्मिक परम्परा अनुुसार पुुजा पाठ गरी वडा सदस्य पासवानले नाला निर्माणको शिलान्यास गर्नुुभएको हो । तीन सय मिटर नाला निमार्ण कार्य चैत्र २० गते सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उपभोक्ता समितीका अध्यक्ष छोटेलाल साहले जानकारी दिनुुभयो ।

शिलान्यास कार्यक्रममा वडा सदस्य मोहरम मंसुर, शक्ति गुुप्ता ,नाला निर्माण उपभोक्ता समितिका सचिव बिरेन्द्र साह सोनार ,सदस्यहरु निलम साह सोनार,सुख चन्द्र सिंह (थारु), पारस साह,पुनम साह लगायत स्थानिहरुको उपस्थिती रहेको थियो । नाला निर्माण नहुुँदा बर्षौ देखि स्थानीयहरु पानी बगाउँने बाटो नभएर सास्ती खेप्दै आएका थिए ।

Leave a review

This will close in 0 seconds