श्रीकृष्ण प्रणामी युवा परिषद मधेश प्रदेशको दोस्रो अधिवेशन सर्लाहीको राजघाटमा शनिवार सम्पन्न भएको छ ।
सम्पन्न चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले प्रदेश समितिको आगामी तीनबर्षे नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले सर्वसम्मत रुपमा डिलप्रसाद तिमल्सिना अध्यक्ष सहित नयाँ कार्यसमिति निर्वाचित भएका छन ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा धार्मिकतर्फ मनोज साह,सामाजिकतर्फ संकलन तिमल्सिना,कोषाध्यक्षमा विदुर न्यौपाने,सचिवमा उमेश सापकोटा,सहसचिवमा चित्रकुमार तिमल्सिना,सहकोषाध्यक्षमा हेमलाल सापकोटा चयन भएका छन ।
यसैगरी समितिको सदस्यहरुमा रामबाबु सिंह,मधु बजगाई,हरी खड्का,उत्तम सापकोटा,राजेश महतो,सुरेश राय यादव लगायत चयन भएको छन।
राजघाट स्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा सम्पन्न अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा परिषदका केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्लले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशन युवा परिषदका मधेश प्रदेशका निवर्तमान अध्यक्ष जयराम भट्टराईको अध्यक्षतामा सम्प्न्न भएको थियो ।

