बारा प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित गाडीहरूलाई रोकी जाँच गर्ने क्रममा उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा बिल भरपाई भन्दा बढि र सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. ३५ लाख ५९ हजार ४६ रूपैयाँ बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गेरेको ना ३ ख ०९३२ नम्बरको डिब्बे ट्रकमा लोड रहेको खुद्रा सामान अन्दाजी मूल्य रू. ३२ लाख ५९ हजार ४ सय ९६ रूपैयाँ बराबरको सामान बरामद गरेको छ ।
त्यस्तै प्रहरीले कलैयाबाट नुवाकोट तर्फ जादै गरेको बा २ ख ५९८४ को मिनि ट्रकमा लोड रहेको खुद्रा समान अन्दाजी मूल्य रु.२ लाख ९९ हजार ५ सय ५० रूपैयाँ बराबरको सामान बरामद गरेको हो ।
समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


