बारा प्रहरीले दुुई जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।अदालतको फैसला कार्यान्वयनको सिलसिलमा बारा जिल्ला अदालतको फैसला आदेशले कैद र जरिवाना ठहरी भई फरार रहेका दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकोे छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने लागुुऔषध गाँजा मुुद्वाका फरार प्रतिवादी गिता भनिने मनिषा गिरी र सोही उपमहानगरपालिका वडा नं १ बस्ने चोरी मुद्वाका फरार प्रतिवादी भोला भनिने बृजकिशोर पटेल रहेका छन ।
बारा जिल्ला अदालतले लागुुऔषध मुुद्वाका गिरीलाई एक बर्ष कैद र १० हजार रुपैया जरिवाना ठहर भएको थियो । यस्तै चोरी मुुद्वाका पटेललाई एक महिना १५ दिन कैद र रु १२ हजार जरिवाना ठहर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिएका छन ।
पक्राउँ परेकाहरुलाई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

