जीतपुरबाट एक जना वडाध्यक्ष घुसको रकमसहित पक्राउ

रञ्जन यादव
525 पाठक संख्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको जीतपुरबाट एक जना वडाध्यक्षलाई घुस रकम सहित पक्राउ गरेको छ ।

हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य हुन ।

Leave a review

This will close in 0 seconds