वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

नेपाली काँग्रेस बारामा सभापतिका लागि चार जना प्रतिस्पर्दामा उत्रिने

सिकेन्द्र पासवान /
नेपाली काँग्रेसको बारा जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ । जिल्ला अधिवेशनमा नेतृत्वको लागि तीव्र प्रतिस्पर्दा हुने देखिएको छ । अधिवेशनमा जिल्ला सभापतिका लागि अहिलेसम्म चार जनाले उम्मेदवारी दिने बुझिएको छ ।

अहिलेसम्म चार जनाले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेको काँग्रेस स्रोतले जनाएको छ । जिल्ला अधिवेशनमा सभापतिका लागि कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका राजेशराय यादव, गत २०७४ मा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा क मा प्रदेश साँसदका प्रत्यासी उम्मेदवार समेत रहेका नेता रामानन्द यादव, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा सभा ख साँसदका प्रत्यासी उम्मेदवार मणिभुषण यादव र काँग्रेस बाराको संगठन बिभाग प्रमुख शम्भुबहादुर बुढाथोकीले उम्मेदारी दिने घोषणा गरिसकेका छन ।

रामानन्द यादव खानेपानी मन्त्री एवम काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी निकट हुन, यस्तै मेयर यादव, प्रदेश साँसदका प्रत्यासी उम्मेदवार मणिभुषन र संगठन विभाग प्रमुख बुढाथोकी भने नेपाली काँग्रेसका पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका छन ।

बारामा काँग्रेसका २५ सय भन्दा बढी मतदाताहरु रहेको छन । नेपाली काँग्रेस बाराले जनाएको छ । निर्वाचन नियमावाली अनुसार सभापतिमा निर्वाचित हुनका लागि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनै पर्ने छ ।

सभापतिका लागि रोमान्चक प्रतिस्पर्दा हुने देखिएको छ । यदी चारै जनाले उम्मेदवारी दिए पहिलो चरणको मतदानमा चार जना मध्ये कसैको पनि ५१ मत आउने संभवाना देखिदैन । जिल्ला नेतृत्वको लागि नेपाली काँग्रेस बारामा नेता तथा कार्यकर्ताहरुको चहलपल बढ्दै गाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!