तस्करी गरि राखिएको ५ सय क्युफिट काठ बरामद

साझेदारी दैनिक
569 पाठक संख्या

रञ्जन यादब /
डिभिजन बन कार्यालय बाराले कोल्हबी नगरपालिकाको बिभिन्न स्थानबाट लुकाईछिपाई राखिएको ५ सय क्युफिट काठ आज बरामद गरेको छ ।

नगरपालिकाको वडा नं.५ खोरिया टोलको बिभिन्न ११ स्थानमा तस्करहरुले घर आँगन तथा खेत बारीमा लुकाईछिपाई राखिएको काठ बरामद गरिएको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले साझेदारीलाई जानकारी दिनुभयो ।

बिशेष सुचनाको आधारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय साझेदारी वन समूहको सहयोगमा खान तलासी गरी उक्त काठ बरामद गरिएको डिभिजन कार्यालय बाराले जनाएको छ ।

बरामद काठ साल र शिशाकौ रहेका छन् । कोरोना भाईरसले गर्दा जनजीवन कष्टकर भइ ज्यान सुरक्षित गर्न लकडाउनमा बसिरहेका अवस्थामा डिभिजन बन कार्यालय बाराले एक पछि अर्को बनसंरक्षणमा चालेको कदमको प्रदेश नं.२ का उद्योग,बन पर्यटन महानिर्देशनालयका अधिकृत सुरेश शर्माले सराहना गरेका छन् ।

बन कर्मचारीहरुलाई अहिलेसम्म सुरक्षा सामग्रीको नाममा संघ सरकारबाट केही थान सर्जिकल मास्क, हैण्डवाश पञ्जा र स्यानिटाइजर प्राप्त भए पनि अपर्याप्त रहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds