रञ्जन यादब/
प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेशका विभिन्न जिल्लाका बाढीले डुवान क्षेत्रको अवलोकन गरेका छन । मुख्यमन्त्री राउतले बुधवार बारा, पर्साको विभिन्न नदिहरुले कटान गरेको तथा डुवान परेका ठाउहरुको अवलोकन गरेका हुन ।
सो असवरमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार एक्लैले प्रदेशलाई डुबानबाट बचाउन नसक्ने बताएका छन् । बुधवार पर्साको भेडाहा खोला र टेडा नदी तथा गाउँबस्ती निरिक्षण गर्न आएका मुख्यमन्त्री राउतले संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन ।
उनले संघीय सरकारले प्रदेशलाई बिनियोजन गरेको रकमबाट नदी नियन्त्रण कार्य सम्भव नभएको बताउँनुभएको छ ।केन्द्र सरकारले यसमा बिशेष ध्यान पु¥याउँनुपर्ने बताएका छन । हरेका बर्ष बाढी पहिरोले ठुलो मात्रामा हुने धनजनको क्षतीतर्फ ईङकीत गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले कुल बजेटको ७० प्रतिशत भन्दा बढी बजेट आफुसँगै राख्ने तर नदी नियन्त्रणतर्फ चाँसो नराखेकोप्रती चिन्दा व्यक्त गरेका छन ।
प्रदेशकै ११ प्रतिशतभन्दा बढी बजेट छैन, समग्रमा एउटा प्रदेशले २ प्रतिशत भन्दा कम बजेट पाएका छन् । बजेट अभावमा प्रदेश सरकार के गर्ने र के नगर्ने बिषयमा अन्यौलमा परेको मुख्यमन्त्रीले दुखेसो गरे । तर पनि प्रदेश सरकारले आफुसँग भएको सिमित स्रोत साधनको अधिकतम सदुपयोग गरी नदी नियन्त्रण र कटानी रोक्न तर्फ लागि परेको जनाए ।
प्रदेश सरकार गम्भिर रुपले नदी नियन्त्रण र डुबान रोक्ने कार्यलाई लिएकाले बिस्तारै यो समस्या समाधान हुने राउतले जनाए । अवलोकन टोलीमा प्रतिनिधि सभा सदस्य प्रदिप यादब, प्रदेश सभा सदस्य जन्नत अंसारी, रेडियो अकाशबाणी जीतपुरका अध्यक्ष राजुराज गिरी, तराईसिमरा अस्पतालका प्रमुख रबिन्द्र सिँह लगायतको सहभागिता रहेको थियो ।