रञ्जन यादब /
बारा जिल्लामा पहिलो पटक होम स्टेल सञ्चालनमा आउँने भएको छ । पर्यटकलाई आकर्षण गर्ने उदेश्यले बाराको तीन ठाउँमा होम स्टे संचालनमा ल्याउने तयारी भईरहेको डिभिजन बन कार्यालय बाराका सहायक बन अधिकृत हरिशंकर साहले जानकारी दिनुभयो।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ को बिरे दमार ,चकरी र सिम्रौनगढ नगरपालिका वडा नं.६ सिम्रौनगढ बजारमा होम स्टे सञ्चालनमा आउँने छ । होम स्टेलाई सुब्यवस्थित तरिकाले सञ्चालन गर्न सात सदस्यीय समिति अधिकृत साहको संयोजकत्वमा गठन गरिएको छ ।
अगामी आर्थिक बर्षको सुरुवात देखिने होम स्टे सञ्चालनमा ल्याउने तयारी भईरहेको साहयक बन अधिकृत साहले जानकारी दिनुभयो । होम स्टे सञ्चालनको लागि यो आर्थिक बर्ष २५ लाख रुपैया बिनियोजन गरिएको छ ।
सुरुवाती चरणमा छनोट गरिएका तीन वटै ठाउँमा पाँच, पाँच वटा होमस्टे सञ्चालनमा आउँने डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो । उहाँले स्थानीयका घरहरुलाई नै ब्यवस्थित गरी सञ्चालन योजनामा आफुहरु लागि परेको बताउँनुभयो ।
होम स्टे सञ्चालनले बाराका धार्मिक ,ऐतिहासिक र पर्यटकीय स्थलको बिकासमा केही हदसम्म भएपनि टेवा पुग्ने बिश्वास डिभिजन बन कार्यालय बाराले लिएको छ । होम स्टे सञ्चालनबाट आर्जित आम्दानी होम स्टे सञ्चालन गर्ने स्थानीयले पाउने भएपनि त्यसको प्रत्यक्ष निगरानी डिभिजन बन कार्यालय बाराले गर्ने प्रमुख अमहदले जानकारी दिनुभयो ।