महेशपुर रि–युनियन सिजन-३ टी २० को उपाधि कलैया स्टार–२७ लाई

साझेदारी दैनिक
597 पाठक संख्या

कलैया । महेशपुर बजरंग क्रिकेट क्लवद्वारा सञ्चालित महेशपुर रि युनियन सिजन- ३ टी २० प्रतियोगिताको उपाधिमाथि कलैया स्टार २७ ले कव्जा जमाएको छ। उसले एकतर्फि रुपमा सानो दोहरीलाई पराजित गरेको हो।

कलैया उपमहानगरपालिका वडा नं. २७, २६, २ र ६ को सहयोगमा सो प्रतियोगिता सम्पन्न भएको हो। सानो दोहरीले टस जितेर पहिले व्याटिङ्ग गर्दै २० ओभरमा एक सय १२ रन बनायो। प्रत्युत्तरमा १४ ओभरमा कलैया, स्टार २७ ले विजयी लक्ष्य हासिल गरेको हो। प्रतियोगिताको विजेताले नगद ७० हजार र उपविजेताले ३५ हजार नगद, शिल्ड तथा कप प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विशेष अतिथिहरु कलैया उपमहानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष अशोक तिवारी, २६ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादव, वडा नं. २ का वडा अध्यक्ष राजेश मण्डल लगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता राजुप्रसाद यादवको रहेको थियो।

Leave a review