ज्ञान सरोबर एकेडेमीका विद्यार्थीहरुद्वारा रौतहटको शैक्षिक भ्रमण

संदिप प्रसाद यादव
528 पाठक संख्या

कलैया : बाराको कलैया ६ स्थित ज्ञान सरोबर एकेडेमीका विद्यार्थीहरुद्वारा शनिबार छिमेकी जिल्ला रौतहटको शैक्षिक भ्रमण गरिएको छ।

एकेडेमीमा अध्य्यनरत कक्षा ८ र ९ का विद्यार्थीहरुले रौतहट जिल्लाको चन्द्रपुर नगरपलिकाको वडा नम्बर ९ स्थित धार्मिक तथा पर्यटकीय गाउँ नजरपुर तथा शिवनगरको धार्मिक तथा ऐतिहासिक शिव मन्दिरको अवलोकन तथा अध्ययन भ्रमण गरेका हुन्।

उक्त भ्रमणको क्रममा विद्यार्थीहरु पहिला शिव नगरको ऐतिहासिक शिव मन्दिरमा पुगि त्यहा दर्शन गरेका थिए। उनीहरुले उक्त मन्दिरको मुख्य पुजारी संग त्यस मन्दिरको धर्मिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी लिएका थिए।

त्यसपछी उनीहरु धार्मिक तथा पर्यटकिय गाउँ नजरपुर पुगेका थिए। त्यस गाउकाको मुख्य मन्दिरको मुख्य पुजारी हरि दासले उक्त गाउको इतिहास,व्यवस्था,रिति रिवाज,परम्परा तथा पेशा व्यवसायको बरेमा जानकारी एिका थिए।

विद्यार्थीहरुले पढाइको साथ साथै शारीरिक,मानसिक,सामाजिक तथा अध्यात्मिक विकास भए मात्र जीवन सफल हुने बताए। बारा जिल्ला बाट विद्यार्थीहरु त्याहा पुगेर अनुसन्धानात्मक अवलोकन भ्रमण गरेकोमा खुशी तथा धन्यवाद व्यक्त गरे।

भ्रमणको क्रममा विद्यार्थीहरुले आफ्नो समाजिक शिक्षा अध्यापन गराउने शिक्षक राजु साहको सहयोगमा स्थानीय बासिन्दाहरुसंग छलफल गरि जानकारी संकलन गरेका थिए।

भ्रमण पश्चात् विद्यार्थीहरुले यस्तो भ्रमणले सैद्धान्तिक ज्ञान को साथ साथै व्यवहरिक ज्ञान पनि पाएको र यसले सिकाईमा थप मद्दत पुग्ने बताए। सामाजिक अध्ययनका शिक्षक राजु साहले यस भ्रमण पछि सबै विद्यार्थीहरुले प्रतिवेदन तयार पारी परियोजना कार्य बुझाउनु पर्ने बताए।

ज्ञान् सरोबर बिद्यलयका प्रशासन प्रमुख शुभाष प्रसाद गुप्ताले विद्यार्थीहरुको चौतर्फी विकासको लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक तरिकाले शिक्षण शिकाई गराउदै आएको र आगामी दिनमा पनि यो जारी रहने बताए।

Leave a review