बारामा तीन जनामा संक्रमणको पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 611 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान/
बारामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र साहले बताउनुभयो ।

भारतको सुरतबाट फर्किएर आएका उनीहरु नगरपालिकाको क्वारेन्टिनमै बस्दै आएका थिए । गत जेठ २६ गते उनीहरुको स्वाब संकलन गरी नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका तीनैजना सिम्रौनगढ नगरपालिकाकै १८, १९ र ३८ वर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिनुभभयो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review