अखाद्य रङ्ग तथा वस्तु मिसाएर लड्डु बनाउने वीरगञ्जका दुई उद्योगमा भयो सिलबन्दी

राम मण्डल
507 पाठक संख्या

बीरगंज : दर्ता बिना अखाद्य रङ्ग तथा वस्तु मिसाएर लडडु बनाउने वीरगञ्जका दुई वटा उद्योगमा सिलबन्दी गरिएको छ।

दर्ता नै नभई घर भाडामा लिएर वीरगञ्जका बिभिन्न पसल तथा होटेलहरुमा लडडु आपूर्ति गर्दै आएको दुई वटा उद्योगमा आईतबार अनुगमन पश्चात सिलबन्दी गरिएको हो।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको उजूरीको आधारमा अनुगमन भएको हो। वीरगञ्ज १० रानीघाट र वडा नम्बर ११ श्रीपुरमा गरी दुई स्थानमा सञ्चालित लडडु बनाउने उद्योगमा प्रशासनले छापमारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय,वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय,प्रहरी सहितका अनुगमन टोलीले दुबै स्थानमा रहेको उद्योगमा अनुगमन गरेको हो। अनुगमनको क्रममा टोलिले अखाद्य बस्तु रङ्ग तथा केमिकल मिसाएर लडडु उत्पादन गरेको पाइएको थियो ।

अनुगमनको क्रममा ती दुबै उद्योगबाट सँकलन गरिएको अखाद्य बस्तु मिसाई बनाएको लड्डु नष्ट समेत गरिएको थियो ।भारतीय नागरिकले घर भाडामा लिएर बिना कुनै सरकारी निकायमा दर्ता भई लडडु बनाएर वीरगञ्जका बिभिन्न होटेल तथा पसलहरु लडडुको आपूर्ति गर्ने गरेका थिए।

ती उद्योगले लडडु होटेल तथा पसलमा प्रति किलो एक सय ५० मा सप्लाई गर्दै आएको थियो ।यसैगरि वीरगञ्जको मुर्लीमा रहेको क्षीर सागर स्विटसमा पनि अनुगमन टोलीले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा त्यहाँ अखाध लडडु भेटिएपछि पसलेलाई जरिवाना गरिएको थियो ।पसलेलाई वीस हजार जरिवाना गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित सँरक्षण मञ्च पर्साका अजित भुजेलले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review