Sajhedari Daily
Latest News from Nepal

चौथौ नगरसभा सम्पन्न ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० रुपैयाको बजेट प्रस्तुत

Top Aside Banner

 सिकेन्द्र पासवान/

सिम्रौनगढ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । मेयर बिजयशंकर यादवले आर्थिक बर्ष २०७७/७८ सालको निती तथा कार्यक्रम सार्वजनिक गरेका छन ।

निती तथा कार्यक्रमलाई कार्यन्वयन गर्नका लागि ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० रुपैयाको बजेट प्रस्ताव गरेको हो । चालु तर्फ ९ करोड,६ लाख २८ हजार ४ सय २० र पुजीगत तर्फ ३५ करोडको बजेट मेयर यादवले प्रस्तुत गरेका छन् । सस्कृति, प्रवद्र्धन, खेलकुद तथा मनोरंजन लैङिक समानता तथा समाजिक समावेसीकरण एवम शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई गरि ३ करोड ६० लाख ४० हजार बजेट छुटयाएको हो ।

उधोग तथा बाणिज्य, पर्यटन, सहकारी, बितिय क्षेत्र तर्फ १ करोड, १६ लाख, २० हजार, सडक, पुल, सिचाई, भवन तथा शहरी बिकास, उर्जा, संचारतर्फ रु १० करोड, २५ लाख ३६ हजार बिनियोजन गरिएको सो अवश्रमा मेयर यादवले जानकारी गराएका थिए । वतावरण तथा बिपत व्यवस्थापन, वन भुसंरक्षण, जलाधार, जलबायु परिवर्तन, ढल ब्यवस्थापन, बारुणयन्त्र संचालनका लागि १ लाख ६८ लाख बिनियोजन गरेको बजेट प्रस्तुत मेयर यादवले गरेका हुन ।

त्यसैगरि संस्थागत बिकास सेवा प्रभाव सुशासन तर्फ १ करोड ५० लाख र शसर्त कार्यक्रम तर्फ १७ करोड ५५ लाखको बजेट प्रस्ताव मेयर यादवले गरेका थिए । सिम्रौनगढ नगरपालिकालाई हराभरा बनाउनका लागि ५० हजार बिरुवा रोप्ने लक्ष्य लिएको भन्दै युवायुवतीहरुलाई नगरभित्र रोजगारीको सृजना गर्ने कामक्रम समेत सो निती तथा कार्यक्रममा समेटिएको छ ।

सिम्रौनगढमा रहेको ऐतिहासित, पुरातात्वीक एवम सासकृति महत्व बोकेको मठमन्दिरहरुको संरक्षणतथा सम्वद्र्धन गर्नका लागि पनि नगरपालिकाले ठोस रुपले काम अगाडी बढाउनका लागिपनि बजेट छुटयाएको मेयर यादवले जानकारी दिए । सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन योजना शाखा प्रमुख जितेन्द्र यादवले संचालन र प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जसवालले गरेका थिए ।

निती तथा कार्यक्रममा वडाअध्यक्षहरु शंकरप्रसाद गुप्ता, अरबिन्द यादव, दामोदर प्रसाद साह, लेखा अधिकृत सुमेन्द्र चौधरी लगायत नगरपालिकाका बिषयगतका प्रमुख, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, प्रहरी प्रशासन, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नेपालमा प्रजातन्त्र ल्याउन, पंचायतलाई हटाउनका लागि आफनो ज्यानको बाजी थपेर देशका लागि निकै महत्वपुर्ण योग्दान गरेका स्वतन्त्र सेनानी अनुप सहनीलाई उनको योग्दानको कदर गर्दे रु ११ हजार नगर, फलफुल सहित दोसल्ला ओढाई मेयर यादवले सम्मान गरेका थिए ।

सो अवशरमा बोल्दै नेता सहनीले नगरप्रमुख यादवले सिम्रौनगढको पहिचानलाई कायम राख्नका लागि निरन्तरण खेली रहेको योग्दानको चर्चा गर्दे अझै सिम्रौनगढको बिकासलाई तिब्रता दिन सुझाव दिएका थिए ।