पर्सा प्रहरीले लागुऔषधासहित एक दम्पतिलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित ललितपुर ललितपुर महानगरपालिका–१४ बस्ने ४४ बर्षिय रमेश चित्रकार र ३० बर्षिय मिना कुमारी घलेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जना श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।वीरगञ्ज महानगरपालिका–१६ शँकराचार्य गेटमा चेकजाँच गर्नेक्रममा प्रहरीले दुबैजालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागु औषध नाईट्राभेट २३९८ पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई अदालतबाट सात दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता गिरीले बताए ।


