नौतन प्रिमियर क्रिकेट लिगको सिंहद्वारा उद्घाटन

साझेदारी दैनिक
505 पाठक संख्या

कलैया : बाराको परवानीपुर गाउँपालिका वार्ड नं ५ गण्डक चौक नजिकको क्रिकेट मैदानमा नौतन प्रिमियर लिगको एक समारोहविच उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख का सभापति लोकेश सिंहले सो प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा नेपाली काँग्रेस बाराका जिल्ला सदस्य प्रमोद सिंह,तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता,तरुण दल जिल्ला सचिव शुभनारायण गुप्ता,सह सचिव हरिओम पटेल, सदस्य सुनिल पटेलको उक्त अवसरमा विशेष उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा समाजसेवी रामनारायण साह,हरिशंकर गुप्ताको समेत उपस्थिति रहेको हो।

टिमका ओनरहरु राजेश ठाकुर,योगेन्द्र गुप्ता,गणेश साह,रोशन गुप्ताको समेत उक्त अवसरमा उपस्थिति रहेको हो।

यस्तै खेल आयोजकहरु हरिशंकर साह,धिरज कुमार साह,विवेक गुप्ता,सचिन गुप्ताको समेत सो अवसरमा उपस्थिति रहेको हो।

Leave a review

This will close in 0 seconds