अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय पक्राउ

साझेदारी दैनिक
467 पाठक संख्या

राम मण्डल
प्रहरीले अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एकजना भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । कल बाइपास गर्ने भारत उत्तर प्रदेश, जिल्ला जौनपुर,थाना बादशाहपुर, ग्राम टेलाकुवा इरफान सुफीयान खानलाई पक्राउ गरेको हो ।सूचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्युरो सिआइबी र पर्सा प्रहरीको संयुक्त टोलीले वीरगञ्ज वडा नम्बर २ रेल्बे रोड छपकैयामा डेरा गरी बस्दै आएका खानलाइ पक्राउ गरेको हो ।

विगत चार महिनादेखि छपकैयामा बसेर खानले अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको प्रहरीले जनाएको छ ।खानको साथबाट प्रहरीले अन्र्तराष्ट्रिय कल बाईपास गर्ने कार्यमा प्रयोग गरिएको ३२ पोर्टको भिओआईपी १ थान,राउटर एक थान,ईन्भटर एक थान,नेपाल टेलिकमको ४० र एनसेलको ५८ थान सिमकार्ड समेत बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका उनलाई नियन्त्रणमा लिई दुर सञ्चार ऐन २०५३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।

Leave a review