चिसो बढदै गएपछि पर्साका विद्यालयमा स्थानीय पालिकाले दिन थाले बिदा

राम मण्डल
397 पाठक संख्या

वीरगन्ज : चिसो बढदै गएपछि पर्साका विद्यालयमा स्थानीय पालिकाहरुले बिदा दिन थालेका छन् ।

पछिल्लो केही दिन देखि चिसोले जनजीवन प्रभावित भएको छ। विद्यालयको पठननपाठन समेत प्रभावित भएको भन्दै पालिकाहरुले बिदा दिन थालेका हुन् ।

जिल्लाको पर्सागढि नगरपालिका,पटेर्वा सुगौली गाउँपालिका,पकहा मैनपुर,छिपहरमाइ गाउँपालिकाले आ आफ्ना मातहत रहेका विद्यालयहरुमा बिदा दिएका हुन् ।

जाडोमा बिद्यार्थी तथा शिक्षकलाई पठनपाठनमा समस्या परेको बताउदै बिदा दिइएको हो। पर्सागढि नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका बिधालय हरुमा २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिएको हो ।

यस्तै छिपहरमाइ गाउँपालिकाले २२ गतेदेखि २६ गते पाच दिन बिदा दिएको छ। पकहा मैनपुर गाउँपालिकाले २२ गतेदेखि २४ गतेसम्म पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडोको बिदा दिइएको छ।

यी पालिकाहरुले जाडोमा दिएको बिदा बर्खे बिदा बाट कट्टा हुने पनि जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds