डिभिजन बन कार्यालयले चार थान सालको गोलिया बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 368 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
डिभिजन बन कार्यालय बारा सिमराले चार थान साल काठको गोलिया बरामद गरेको    छ ।

सब डिभिजन बन कार्यालय मधुबनबाट खटिएको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ रघुनाथपुर गाउँबाट बेवारिसे अवस्थामा करिब २५ क्युफिट काठ बरामद गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले
जानकारी दिनुभयो ।

बरामद चार थान काठको गोलिया तस्करहरुले बाँसको झयाङमा लुकाईछिपाई राखेका थिए । तस्करहरुको खोजी कार्य भईरहेको डिभिजन बन कार्यालय सिमरा ,बाराले जनाएको छ ।

बरामद काठ सब डिभिजन कार्यालय मधुबनको नियन्त्रणमा राखिएको
छ ।

समाचार शेयर गर्नुहोस
Leave a review