बारामा नै दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलन बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता

साझेदारी दैनिक
752 पाठक संख्या

सिकेन्द्र पासवान/
प्रधानमन्त्री शेरबहादुर देउवाले बारामा नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता गरेका छन ।
गठबन्धनका शिर्ष नेताहरु सहित विमानस्थलको क्षेत्रफलको शनिवार अवलोक गर्दै यस्तो बताएका हुन । शनिवार गठबन्धनका नेताहरु सहित नेपाली सेनाको हेलिकप्टर विमानस्थल निर्माण क्षेत्रको अवलोक गरेका थिए ।

अवलोकन निरिक्षण पश्चात फास्ट्रेक स्थित रहेको नेपाली सेनाको ब्यारेकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिमानस्थल बारामा नै बन्नेमा कुनै शंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले दुई लाईनको अन्तर्राष्ट्रिय बिमानस्थल बनाईने बताएका छन ।

सर्वोच्चअदालतले बारामा बिमान स्थल बनाउनमा कुनै प्रकारको रोक नरहेको आसय सहितको पुर्णपाठको फैसला गरेपछि पाँचदलिय गठबन्धनका शिर्ष नेताहरु सहित बिमान स्थलको क्षेत्रफलहरुको अवलोकन निरिक्षण गरिएको हो । कम क्षेती हुने गरि बिमानस्थलको निर्माण कार्यको थालनी मेरै पालामा शुरु हुने प्रधानमन्त्री देउवाले सबैलाई आस्वस्त पार्नुभएको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री माधव नेपालले सार्वोच्चको पुर्ण पाठ सहितको फैसला स्वागत योग्य रहेको बताउदै यस क्षेत्रको नागरिकहरु र खास गरि निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुखहरुले कसेर नलागे लुम्वनी बिमान स्थललाई नै अन्तर्राष्ट्रिय बिमान स्थलको रुपमा अगाडी बढन सक्ने बताउदै सचेत हुन समेत नेपालले आग्रह गरेका थिए ।

वतावरणिय क्षेति कमहुने गरि कामगर्ने, कति जग्गामा बनाउने, सोको यकिन गर्न, टागिया बस्तीका दक्षिण भेगका केहीभुभाग समेतलाई समेटी निजगढमा नै बनाउन सकिने भने सर्वोच्चअदालतको पुर्णपाठ सहितको फैसलामा रहेको भएपनि निर्माणका सबै अधिकार कार्यपालिकालाई रहेको हुदा सोही अनुसारको काम अगाडी बढाउने आदेश भएको पुर्वप्रम नेपालले बताए ।

कार्यक्रमलाई सम्बोधनगर्दै पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राष्ट्रिय गौरबका योजना अन्तरगत निजगढमा नै फास्ट्रेक निर्माणको डिपीआर तयार हुदा बखतमा नै अन्तर्राष्ट्रिय बिमान स्थल निजगढमा नै हुनु पर्दछ भने सम्मको सम्बन्ध गासेको कारणले पनि अन्तर्राष्ट्रिय बिमान स्थल निजगढमा नै बन्नुपर्ने बताए ।

निजगढमा बिमान स्थल बन्न नसके राज्यलाई अर्वौको नोक्सानी हुने पुर्वप्रधानमन्त्री दहालको भनाई छ । कार्यक्रमलाई सम्बोधनगर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई मधेसको अर्थतन्त्रमा टेवापुग्ने, यस क्षेत्रका नागरिकहरुलाई रोजगारी सृजना हुने हदा निजगढमा नै अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनुको बिकल्प नरहेको जानकारी दिए।

नेपालमा एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल रहेको भएको पनि यसले सबै भार धान्न नसक्ने भएको हुदा दृष्टिकोणले सबैभन्दा उतम ठाँउ रहेको निजगढ नै अन्तर्राष्ट्रिय बिमान स्थलका लागि उपयुतm हुने प्रष्ट पारे ।

टंगियाबस्तीलाई अन्तै सार्ने काम सरकारले समयमा नै गरेर बस्तीलाई व्यवस्थित गरि मुअब्जा दिने कामको थालनी चाडै गर्नुपर्ने धारणा ब्यतm गरेकाथिए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने लिएको सकल्पमा हामीले सहमति जनाई सकेको हुदा चाडो भन्दा चाडो निजगढमा नै अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको कार्य अगाडी बढाउन आग्रह गरिन ।

अवसरमा बनमन्त्री रामसहाय यादव, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ,अर्थमन्त्री जर्नाधन शर्मा,खानेपानी मन्त्री उमाकान्त चौधरी,बागमति प्रदेशका मुख्यमन्त्री लगायत सरकारका उच्च पदस्त कर्मचारीहरु, सुरक्षानिकायका प्रमुखहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,पत्रकार, निर्वाचित जनप्रतिनिधीहरु, बिभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

सवा १० बजे बिमानस्थल आईपुगेका प्रधानमन्त्री देउवा सहितको टोली करिब अधाघन्टा हवाई निरिक्षण गरेका थिए । सवा १२ बजे फेरी सोही हेलीकप्टरबाट काठमाडौ फर्केकाथिए ।

Leave a review

This will close in 0 seconds