नेपाल राष्ट्र बैंकले सोमबार रु १७ अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।
बैंकका अनुसार सबै परिमाणको टे«जरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको टे«जरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ ।
उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ । उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ ।
त्यस्तै रु १२ अर्ब बराबरको टे«जरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त टे«जरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते रु एक अर्ब ६६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । रासस


