रबिन्द्र प्रसाद साह/
ईलाका प्रहरी कार्यालय पर्सौनीले अवैध लागूऔषध सहित सोमवार दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने बाबुलाल साह कानु र वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने श्रीकान्त ठाकुरलाई पक्राउ गरेको हो ।
उनीहरुबाट अवैध लागु औषध नोफिन १९२ थान लगाएत सहित पक्राउ गरिएको ईप्रका प्रसौनीका प्रमुख एवम् प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिएका छन ।
प्रहरी चौकी मुसहार्वाबाट प्रहरी सहायक निरीक्ष जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाई नहरमा भारतबाट ना. १० प. ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको नोफिन लगाएतका लागु औषधहरू फेला परेकाले हो ।
प्रहरीले उक्त अवैध लागुऔषध ओसार पोसारमा प्रयोग भएको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुई जनालाई नै अवैध लागुऔषधमा मुद्धामा थप अनुसन्धान भइरहेको प्रमुख यादवले बताएका छन ।