१५ दिवसीय श्रीमद् वितक चर्चा एवम् कृष्ण कथा कार्यक्रम शुरु

साझेदारी दैनिक
572 पाठक संख्या

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँबस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आज शनिबारदेखी १५ दिवसीय श्रीमद् वितक चर्चा एवम् कृष्ण कथा कार्यक्रम शुरु भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर संचालक एमव् सेवा समितिका अध्यक्ष होमनाथ उप्रेतिको अध्यक्षता विशषे कार्यक्रमको आयोजना गरि उक्त श्रीमद् वितक चर्चा एवम् कृष्ण कथा कार्यक्रम शुभारम्भ गरिएको थियो ।

श्रीकृष्ण जन्माष्टमीका दिनसम्म गरि करिब १५ दिनसम्म चल्ले सो कार्यक्रममा युवा कथावाचक एमव् धर्मप्रचारक शास्त्री संजय प्रणामीले वितक चर्चा एवम् कथा वाचन गर्नुहुने कार्यक्रम रहेको मन्दिर संचालक सेवा समितिका सहसचिव चन्द्रप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

प्रवचन कार्यक्रम अन्तरग दैनिक अपरान्ह १२ बजेदेखी ४ बजेसम्म कथा वाचन र बेलुका संगितमय भजन किर्तन गरिने कार्यक्रम रहेको मन्दिर समितिका सहसचिव गौतमले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds