खैरो हिरोईन जस्तो देखिने बस्तुसहित दुई पक्राउ

साझेदारी दैनिक
457 पाठक संख्या

कलैया : सिरहाको गोलबजार नगरपालिका ४ बाट अबैध लागु औषध खैरो हिरोईन जस्तो देखिने बस्तु सहित प्रहरीलेदुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका २ बनिनिया टोल बस्ने ३० बर्षिय नगिरा खातुन र गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वा बस्ने १६ बर्षिय राज चौधरी रहेको मधेश प्रदेश प्रहरी गण धनुषाका प्रवक्ता एवम सुचना अधिकारी बरिष्ठ प्रहरी उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिएका छन।

उनीहरुको साथबाट अबैध लागु औषध खैरो हिरोईन जस्तो देखिने बस्तु ७१० मिली ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाईवे होटलमा लागु औषध बिक्री भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोल बजारबाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो ।

उक्त होटेलमा खानतलाशी गर्दा उक्त परिमाणको अबैध लागु औषध खैरो हिरोईन जस्तो देखिने बस्तु फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds