कोल्हवीमा जितिया बिशेष कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
686 पाठक संख्या

धिरेन्द्र पनुहर/ कोल्हवी
थारु कल्याणकारीणि सभा गाउ इकाइ कमिटी कोल्हवी बाराको आयोजनमा सोमबार थारु सेवा सदन कोल्हवी बजारको सभाहलमा जितिया बिशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि कोल्हवी न पा को नगर प्रमुख राम प्रसाद चौधरीले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका को न पा का नगर प्रमुख रामप्रसाद चौधरीले घरेलु हिंसाको बारेमा जानकारी गराउदै घर परिवारमा झगडा र कलह रहुन्जेल जितिया पर्व मात्र गरेर नहुने बताउनु भयो ।आज हार्मो समाजमा घरेलु हिंसा भै रहेकोले उक्त हिंसा रोक्न महिला र पुरुष दुबैको भुमिका समान रहेको जिकिर गर्नु भयो। घरेलु हिंसा हुने मुख्य कारण अशिक्षा नै हो त्यस कारण शिक्षामा जोड दिन सबैमा आग्रह समेत गर्नु भयो र कोल्हवी नगरपालिकाले शिक्षामा बिशेष जोड दिएको जानकारी गराउनु भयो।
कार्यक्रममा बिशिस्ट अतिथि कोल्हवी न पा कि नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी ,अतिथिहरु को न पा वाड न १ का अध्यक्ष राजहरण चौधरी ,३ का किशुनदयाल चौधरी ,६ का अध्यक्ष दिनेश चौधरी , था क स बाराको अध्यक्ष राम प्रसाद चौधरी , कोषाध्यक्ष बासु प्रसाद चौधरी नेपाली कांग्रेस कोल्हवीका नगर सभापति बिरेन्द्र चौधरी , माओवादीका नेता तपेश्वर राय थारु , सपहि कलेजका सभाअध्यक्ष केवल चौधरी लो स पा का नगर अध्यक्ष हरिचन्द्र पनुहर , महिला नेत्री महालक्ष्मी पनुहर,दुर्गा देवि चौधरी , समाजसेवि किशोरी प्रसाद चौधरी , जगिराम पनुहर,योगेन्द्र पनुहर, त्रियोगि चौधरी ,जगदेव चौधरी , हरिअर चौधरी ,जोगिन्द्र चौधरी सशस्त्र बेस कोल्हवीका प्रमुख ,राज देव चौधरी लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता था क स गाउँ इकाई कमिटीका सभापति राम बाबु चौधरीको रहेको थियो भने कार्यक्रम संचालन रामनाथ चौधरीको रहेको थियो।

Leave a review

This will close in 0 seconds