कलैया :महोत्तरीको बर्दिबासमा नेपाली सेनाले पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने तथा आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको पाँच दिने रक्षा संवाददाता अभिमुखिकरण (Defence Correspondent Orientation Programme) तालिम मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिबासमा सुरु गरेको हो ।
मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिबासका पृतनापति उपरथी कृष्ण बहादुर जि.सीले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गर्नु भएको छ । नेपाली सेनाले गरेको कामलाई आम नेपाली जनतासमक्ष पुर्याउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको पृतनापति उपरथी जि.सीले बताएका छन् ।
सो कार्यक्रममा राष्ट्रिय सुरक्षा निति सम्बन्धि रक्षा मन्त्रालयका उपसचिव अनुप केसीले प्रस्तुतीकरण दिनुभएको थियो ।
त्यस्तै नेपाली सेनाको परिचय,स्थापना,जिम्मेवारी क्षेत्र,सीमाको स्तम्भ,पृतनालाई प्राप्त जिम्मेवारी लगायतको विषयमा प्रमुख सेनानी बालकृष्ण कार्की र नेपाली सेनाको संक्षिप्त परिचय तथा समारोहमा हुने सहभागिता बारे प्रमुख सेनानी दिलिप केसीले प्रस्तुतीकरण दिनुभएको थियो ।
सो कार्यक्रमको पहिलो दिन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिताको अनुभव र पत्रकार आचार संहिताबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
वैशाख २२ गते सोमबारदेखि वैशाख २६ गते शुक्रबारसम्म संचालन हुने अभिमुखिकरणमा मध्य पुर्वी पृतना अन्तरगत पर्ने ११ जिल्लाका २७ जना संचारकर्मीहरुको सहभागिता रहेको छ ।
सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी सबिन विक्रम कुवरले गर्नु भएको थियो ।

