राम मण्डल /
बीरगञ्जमा बुधबार भएको रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।रगतको अभावलाई मध्यनजर गर्दै साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी, नेपाल बीरगंज नगर समितिले संयुक्त रूपमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बिर्तास्थित परम्परा परंम्परा पार्टी पैलेसमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित २ सय ५३ जनाले रक्तदान गरेका छन ।रक्तदान गर्नेहरुमा शशि कपुर मियाँ, सीपु तिवारी, जितेन्द्र साह, श्यामबाबू साह, सन्दिप साह, मेघनाथ साह, सरोज कुश्वाहा, कृष्ण पटेल, सन्दिप पटेल, रबिन्द्र पटेल लगायतकाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र बीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।
कार्यक्रमको उदघाटन जसपाका नेता राजेशमान सिंहले रक्तदान गरी गरेका थिए । रक्तदान कार्यक्रममा जसपाका नेता विकास चौधरी, नेता प्रेम बाबू पटेल, परमानन्द चौधरी, बृजकिशोर गुप्ता, आमोद यादव, अभिषेक तिवारी लगायतको उपस्थिती रहेको थियो ।