कोल्हबी–११ रमपुर्वामा तेस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता कार्तिक २७ गते देखिहुने

साझेदारी डेलि
232 पाठक संख्या

कोल्हवी । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ रमपुर्वामा श्रीमानसी बाबा युवा क्लबको आयोजनामा तेस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ।

खेलकुदको विकास तथा स्वस्थ समाजको निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी कार्तिक २७ गतेदेखि सुरु भई मंसिर १२ गते फाइनल खेल सम्पन्न हुने आयोजकले जनाएको छ। उद्घाटन खेल बभनी र सिहासनीको बिरुद्ध हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

आयोजकका अनुसार प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेल कार्तिक २७ गते दिउँसो २ बजे कोल्हबी–११ रमपुर्वास्थित चेरवन्त रंगशालामा हुनेछ।

कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले प्रमुख अतिथिको रुपमा प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

Leave a review