राम मण्डल /
नदीमा पौडी खेल्ने क्रममा पर्सामा एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१९ बिन्दबासिनी टोलका मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवार मँगलबार पौडी खेल्ने बेलामा बाढीले बगाउदा उनी बेपता भएका थिए । बालको शव बुधबार बिहान भेटिएको छ ।
साथीहरुसँग स्थानीय तिलावे नदीमा पौडी खेल्नेक्रममा बेपता भएका बालकको शब सोही नदीमा बुधबार भेटिएको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी गराएका छन । चार जना साथीसँगै पौडी खेल्न गएका मध्ये सुमितलाई बाढीले बगाउदा बेपता भएका थिए । उनीसँगै गएका अन्य तीनजना सकुशल फर्केका थिए ।
बेपता बालकको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले खोजी गरि शब भेटाएको हो । बालकको शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए ।