वर्षाका कारण जनकपुर र भैरहवाबीचको खेल स्थगित

साझेदारी दैनिक
333 पाठक संख्या

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरास्थित सेज मैदानमा सञ्चालित  जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ ।

वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको आयोजक अभियान नेपालका संरक्षक त्रिलोकबिक्रम शाहले बताए ।

वर्षाका कारण प्रभावित भएको खेललाई बिहीबार सारिएको शाहले जानकारी दिए ।  बर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको छ ।

राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल हुन बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा रहेका छन् ।

समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् । तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसंग चैत्र १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

Leave a review

This will close in 0 seconds