घुस लिएको आरोपमा पर्साका सहायक वन यादव अधिकृत निलम्बनमा

साझेदारी दैनिक
436 पाठक संख्या

राम मण्डल/
डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन ।

घुस लिएको आरोपमा यादव निलम्बनमा परेका हुन । उनले मुदा हेर्ने क्रममा एक जनासित घुस माँग गरेको भिडियो प्रमाण फेला परेपछि सचिव स्तरीय निर्णयबाट यादवलाई निलम्बन गरिएको हो ।

वन पैदावार चोरी समबन्धी मुद्दाको अनुसन्धानको क्रममा यादवले घुस लिएको आरोपमा छानबिन गर्नको लागि उनी निलम्बनमा परेको डिभिजन बन कार्यालय पर्साका प्रमुख सुबास चन्द्र दासले जानकारी दिए ।

यादव दुई महिनाको लागि निलम्बनमा परेको दासले जानकारी दिए । मुद्दा अनुसन्धानको क्रममा घुस लिएको भनि तथ्य फेला परेपछि दुई महिनाको लागि मधेस प्रदेशको उधोग पर्यटन तथा बन मन्त्रालयको सचिव स्तरीय निर्णयबाट निलम्बन गराइएको दासले बताए ।

घुस लिएको बिषयमा बारेमा अनुसन्धान गर्नको लागि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फरमान मियाँको सँयोजकत्वमा तीन सदस्यीय टोली समेत गठन गरिएको उनको भनाई छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । यही चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ ।

यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए । त्यस सम्बन्धी विभिन्न अडियो प्रमाण समेत भेटिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्र डिभिजन बन कार्यालाई मन्त्रालयले पठाईएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिईन।

घुस लिएको सम्बन्धी अनुसन्धानको लागि सहायक बन अधिकृत यादवलाई निलम्बन गर्ने अधिकार डिभिजन बन सित नभएको तथा प्रदेशको सचिवस्तरबाट निलम्बन गर्ने अधिकार भएकोले मन्त्रालयबाट नै निलम्बन गरिएको कायस्तले बताईन ।

Leave a review

This will close in 0 seconds