उपराष्ट्रपति भएपछि रामसहाय प्रसाद यादव पहिलो पटक गृह जिल्लामा

साझेदारी दैनिक
624 पाठक संख्या

सन्दिप यादव/
उपराष्ट्रपति रामसहाय प्रसाद यादव आइतबार गृहजिल्ला बारा आइपुगेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गृह जिल्ला आएका हुन् ।

उनलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सिमरा विमान स्थलमा स्वागत गरेका हुन । सोही अवसरमा उपराष्ट्रपति यादवलाई जसपा प्रदेश अध्यक्ष एवम् निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता,निवर्तमान प्रदेश सभा सदस्य पारस प्रसाद साह , करैयामाई गाउपालिकाका अध्यक्ष शम्भु यादव, बारागढी गाउपालिकाका अध्यक्ष अशोक जैसवाल सहित प्रहरी प्रशासन प्रमुखहरू र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको स्वागतका लागि सिमरा विमानस्थलमा पुगेका थिए ।

उपराष्ट्रपति यादव विमानस्थलबाट आइतबारनै बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरको दर्शन गर्नु भएको छ ।

गढीमाईस्थित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आफूले जिल्ला र क्षेत्रलाई चिनाउने बताएका थिए । उनले आफू साधारण परिवारको भए पनि क्षेत्र र जिल्लावासीले चिनाएपछि देशको उपराष्ट्रपति पदमा पुगेको बताए ।

२ दिने गृह जिल्लाको भ्रमणका क्रममा भोलि चैत १३ गते उनले बाराकै करैयामाईको दर्शन गर्ने कार्यक्रम रहेको छ । सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

Leave a review

This will close in 0 seconds