३८ आँै विपि स्मृति दिवसको अवसरमा कोल्हवीमा बृक्षारोपण

साझेदारी दैनिक
816 पाठक संख्या

धिरेन्द्र पनुहर/
नेपाली काँग्रेसका संस्थापक तथा जननायक विपि कोईरालाको ३८ औँ विपि स्मृति दिवसको अवसरमा वाराको कोल्हवीमा मंगलवार वृक्षारोपण गरिएको छ ।

नेपाली कांग्रेस नगर कार्यसमितिको आयोजनामा कोल्हबी नगरपालिका वार्ड नम्बर १ मा स्थित नेरामावि बभनीको प्राङ्गणमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण पश्चात आयोजित कार्यक्रममा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बद्री भट्ट, कोल्हवी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष किसुनदयाल चौधरी, वडा नम्बर ५ का बासु प्रसाद चौधरी, वडा नम्बर७ का बिरेन्द्र चौधरी, वडा नम्बर ११ का नन्दकिशोर चौधरी, पुर्ब जिल्ला सचिव रामप्रासद चौधरी, वरिष्ठ सल्लाहकार रबिन्द्र पनुहरm, उपेन्द्र चौधरी, मुरलीधर चौधरी, हरिहर चौधरी, श्याम लामा, शुभद्रा धिमाल लागयतकाले विपिको योगदानका वारेमा चर्चा गरेका थिए ।

सो अवसरमा विद्यालय परिसरमा सपेताm आँप,लिची, मलेसियन साल गरि करिब दुई हजार वटा बिरुवा रोपिएको तरुणदल नगर अध्यक्ष संजय चौधरीले जानकारी गराएका छन ।

नगरकार्य समितिका सभापति बिरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मनत्ब्य दिनेश चौधरी र कार्यक्रम सन्चालन किसुन्देव चौधरीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds